बारामा ६१ दशमलव ३८ प्रतिशत महाधिवेशन प्रतिनिधीले गरे विशेष महाअधिवेशको पक्षमा  हस्ताक्षर 

तराईसंचार
429 पाठक संख्या
बारा । नेपाली काग्रेसका दुई महामन्त्रीकोा आब्हान पछि नेपाली काँग्रेसको बिशेष महाधिबेशन माग गर्दै  बारामा ६१ दशमलव ३८ प्रतिशत महाधिवेशन प्रतिनिधीले हस्ताक्षर गरेका छन ।
बारामा १ सय चार जना महाअधिवेशन प्रतिनिधी रहेकोमा ६२ जना महाधिबेशन प्रतिनिधिहरुले बिशेष महाधिबेशन माग गर्दै  हस्ताक्षर गरेका हुन । असोज २६ गते हस्ताक्षर पेश गर्ने भन्दै आज शनिबारसम्म हस्ताक्षर भएको हो । यद्धपी केन्द्रिय समितिको बैठक २६ बाट सरेर २८ गते सारिएको छ ।
हस्ताक्षर गर्नेमा बारा निर्वाचन क्षेत्र नम्बर १ मा २६ जना महाधिवेशन प्रतिनिधी रहेकोमा २५ जनाले हस्ताक्षर गरेका छन भने एक जनाले गरेका छैनन । जुन ९६ दशमलब १५ प्रतिशतले हस्ताक्षर गरेका हुन । जुन बाराको क्षेत्रहरुमा सबैभन्दा बढी हो ।
त्यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर २ मा भने सबैभन्दा कम ६ जनाले हस्ताक्षर गरेका छन । २६ मध्ये दुई जनाले पार्टी छाडेका छन । सबैमा २३ र पार्टी छाडेका हटाएर २५ प्रतिशतले हस्ताक्षर यो क्षेत्रमा भएको बारा काग्रेस सचिब राजेश रौनियारले बताउनु भएको छ ।
त्यसैगरी क्षेत्र नं. ३ मा २६ जनामा १९ जनाले हस्ताक्षर गरेका छन । जुन ७३ दशमलब सुन्य सात प्रतिशतले हस्ताक्षर गरिसकेका छन ।
बारा निर्वाचन क्षेत्र नम्बर ४ मा  २६ जनामा १२ जनाले हस्ताक्षर गरिसकेको छन । जसमा एक जनाले पार्टी छाडेका छन । सचिव रौनियारले पार्टी छाडेकाको हटाएर ४८ र सबैमा ४६ दशमलब १५ प्रतिशतले हस्ताक्षर गरेका हुन । सभापति शेरबहादुर देउवा पक्षिय महाअधिवेशन प्रतिनिधीहरुले हस्ताक्षर अभियानमा भने आफनो हस्ताक्षर गरेका  छैनन । नेपाली काँग्रेसका सह महामन्त्री उमाकान्त चौधरी, बारा  जिल्ला सभापति राजेशराय यादव पक्षले हस्ताक्षर गरेका छैनन ।
शेयर