काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
दीपक खड्का २०७९ सालमा संखुवासभाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । २०८० सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । जेनजी आन्दोलन अघि खड्की ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री समेत थिए । आन्दोलनका क्रममा काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवास नजिकमा रहेको खड्काको निवासमा पनि आगजनी भएको थियो । आगजनीको क्रममा उनको घरबाट पैसा उडेको जस्तो देखिने भिडियो भाइरल भएको थियो । त्यससँगै उनीमाथि छानबिनको माग उठेको थियो ।




