एनपीएल दोस्रो संस्करण : जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

तराईसंचार
263 पाठक संख्या
पठन समय 1 मिनेट

काठमाडौं । एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो ।  जनकपुरका लागि ओपनर आसिफ शेखले अर्थशतक पूरा गरे । उनले ४१ बलमा ५४ रन बनाए ।

 

ओपनर लाहिरु मिलान्था ७, कप्तान अनिलकुमार शाह ०, जान निकोल लोफ्टी इन्टोन २, सञ्जय कृष्णमूर्ति २ र लाहिरु सिमारकून २२ रन बनाएर आउट भए । मयन यादव ३४ र रुपेश सिंह ४ रनमा अविजित रहे । बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका मिलिन्दले १५ रन खर्चेर ३ विकेट लिए । करण केसी, शाहव आलम र सन्तोष यादवले एकएक विकेट लिए ।

TAGGED:
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *