चिसाेबाट राहत दिलाउन लायन्स क्लबकाे अभियान जारी

तराईसंचार
71 पाठक संख्या
पठन समय 1 मिनेट

वीरगञ्ज । वीरगञ्जमा चिसोबाट राहत प्रदान गर्ने उद्देश्यले लायन्स क्लबले अभियान जारी राखेकाे छ । ठाउँ ठाउँमा काठ हस्तान्तरण तथा आगो बाल्ने जस्ता अभियान जारी रखेकाे हाे ।

चिसो मौसम बढेदेखि नै सर्वसाधारण नागरिक, अस्पतालका बिरामी तथा कुरुवाहरूलाई राहत पुर्‍याउने उद्देश्यले लायन्स क्लबद्वारा सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

यसै क्रममा बिहीबार वीरगञ्जको घण्टाघर क्षेत्र तथा नारायणी अस्पताल परिसरमा काठ हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। उक्त काठको प्रयोग गरी चिसोबाट जोगिन विभिन्न स्थानहरूमा आगो बाल्ने समेत क्लबले सहयोग गरेकाे थियाे ।

 

सदैव मानवीय सेवामा समर्पित रहँदै आएको संस्थाका रूपमा परिचित लायन्स क्लबले कठिन समयमा समुदायको साथमा उभिएकाे भन्दै लाभग्राहीले प्रशंसा गरेका थिए । आगामी दिनहरूमा पनि यस्ता सेवामूलक तथा राहतका कार्यक्रमहरूलाई निरन्तरता दिइने क्लबले जानाएकाे छ ।

 

परिस्थितिकाे माग बमोजिम सहयोगका लागि तत्पर सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै सामाजिक सद्भाव र सहकार्यका लागि लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीले अपिल गरेका छन् ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *