तामागढी साझेदारी बन उपभोक्ता समूहको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

तराईसंचार
268 पाठक संख्या
पठन समय 2 मिनेट

जितेन्द्र प्रसाद चौधरी

कोल्हवी । तामागढी साझेदारी बन उपभोक्ता समूहको पाँचौँ वार्षिक साधारण सभा बुधबारका दिन एक कार्यक्रमका बीच सम्पन्न भएको छ। समूहका सभापति रबिन्द्र पनुहारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

बिशिस्ट अतिथि सामुदायिक साझेदारी बन उपभोक्ता महा संघ प्रदेश कमिटी अध्यक्ष गणेश प्रसाद साह कलवार,सहजनाथ सझेदारी बन उपभोक्ता समुहका अध्यक्ष भुनेशवर धामी महागढी माइ साझेदारी बन उपभोक्ता समितिका अध्यक्ष रामएकवाल साह डिभिजन बन कार्यालय सिमराका प्रमुख राजिव कुमार झा कोल्हवी नगरपालिका वडा न:३का वडा अध्यक्ष किसुन दयाल चौधरी ,बारागढी गा.पा.वडा न:४का वडा अध्यक्ष पनालाल साह,वडा न:५का वडा अध्यक्ष मनेजर चौधरी ,सिम्रोनगढ ना.पा.वडा १०का वडा अध्यक्ष अवधेश सहनी कोल्हवी प्रहरी कार्यालय प्रमुख रन्जन मिश्रा,स्श्त्र प्रहरी बल कोल्हवीका प्रमुख सन्तोष घिमिरे,लगाएतका उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीयको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो। उहाँले वन संरक्षण, दिगो उपयोग र पारदर्शी व्यवस्थापनमा उपभोक्ता समूहले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

सभापति पनुहारले समूहले हालसम्म गरेका गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजनाबारे जानकारी गराउँदै सबै उपभोक्ता सदस्यहरूको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले साझेदारी बनको संरक्षण र विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

साधारण सभामा आर्थिक प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन सस्थाका लेखापाल उमेश चौधरीले प्रस्तुत तथा छलफल गरी पारित गरिएको थियो। साथै, वन व्यवस्थापन, संरक्षण तथा समुदायको हितमा आधारित विभिन्न प्रस्तावहरूमा छलफल गरिएको थियो।शुभकामना मन्तव्य रामएकवाल साह,भुनेशवर धामी,पनालाल साह,किसुनदयाल चौधरी,गणेश प्रसाद साह,जयप्रकाश चौधरी,रामचन्द्र साफी लगाएतकाले मनत्ब्री राख्नु भयो।

स्वागतमन्तब्य अवधेश सहनीले गर्नु भएको थियो।भने सन्चालन सस्थाका अधिकृत ललन राउत कुर्मिले गर्नु भएको थियो।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *