दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता सम्पन्न, वडा नं. ७ बिजयी वडा नं. १३ उपविजेता

तराईसंचार
111 पाठक संख्या
पठन समय 3 मिनेट
निजगढ  । दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको उपाधि वडा नं. ७ को टिमले उचालेको छ । शनिवार भएको फाईनल खेलमा वडा नं. १३ को टिमलाई सुन्यका विरुद्ध एक गोल गरी वडा नं. ७ ले उपाधि चुमेको हो । निर्धारित खेल समयको दोस्रो हाफको पहिलो १ मिनेटमा नैं वडा नं. ७ का खेलाडी जर्सी नं. ७ का प्रिन्स पुुलामीले गरेको आर्कषक गोल नैं निर्णायक बनेको हो । दुुबै टिम बिच निक्कै कडा प्रतिस्प्रर्धात्मक खेल रहेको थियो ।
आजको प्रतियोगिताको म्यान अफ दि म्याच विजेता टिमका जर्सी नं. ७ का प्रिन्स पुुलामी घोषित भए । प्रतियोगिताका सर्वोउत्कृष्ट खेलाडी विजेता टिमका जर्सी नं. १० का राम अर्याल घोषित भए । उत्कृष्ट गोलरक्षक विजेता टिमका गोलकिपर जेम्स थापामगर र उत्कृष्ट डिफेन्डर उपविजेता टिमका जर्सी नं. ६ का समिर गोङ्गवा भए । उनीहरुलाई कार्यक्रमका प्रमुुख अतिथि निजगढ नगरप्रमुख सुुरथ पुुरी, विशिष्ठ अतिथि उपप्रमुुख सोममाया थिङ्ग, स्व. विकल रेग्मीका आमा कमला रेग्मी, निजगढ नपा शिक्षा शाखा अधिकृत उत्तम लामिछानेले संयुुक्त रुपमा जनही नगद १ हजार ५ सय सहित ट्रफि प्रदान गरे ।
प्रतियोगितामा विजेता टिमलाई ८० हजार नगद पुुरस्कार, ट्रफि, प्रमाण पत्र र उपविजेता टिमलाई ५० हजार नगद पुुरस्कार, ट्रफि, प्रमाण पत्र प्रदान गरिएको थियो ।
१६ वर्ष उमेर समुह मुनिका खेलाडीहरुलाई समेटी निजगढ नगरमा रहेका १३ वटा वडाबाट प्रत्येक वडाबाट १ टिम सहभागी हुने गरी कूल १३ टिम रहेको र कूल १२ खेल खेलाईएको थियो । फाईनल खेल अघि निजगढ नपा ८ स्थित हिमाल युुवा क्लव र सिगौलका टिम बिच भएको मैत्रीपूर्ण महिला फुटवल खेलमा हिमाल युवा क्लवका खेलाडी जर्सी नं. १३ का कविता माझीले ० का विरुद्ध १ गोल गरी आफ्नो टिमलाई जिताएसंगै नगद पुुरस्कार हात पारे । यस प्रतियोगिता अवधिभर मुुख्य रेफ्री, सहायक रेफ्री र फोर्थ अफिसियलको भूमिका रियाजुल स्लाम, लिलाम्बर चौधरी, राजुु चौधरी, नीलकमल चौधरीले निभाएका थिए । कार्यक्रमका सभाअध्यक्ष निजगढ फुटबल क्लवका कार्यवहाक अध्यक्ष दिनेश श्रेष्ठ र कार्यक्रम सञ्चालन क्लवका सचिव नारायण लामाले गरेका थिए । उक्त प्रतियोगिता निजगढ नगर खेलकुुद विकास समिति आयोजक र निजगढ फुटवल क्लबको ब्यवस्थापनमा कूल ५ लाखमा सम्पन्न गरिएको हो ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *