श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव– २०८२ मा कुल एक करोड ४६ लाख ८० हजार आम्दानी ९९ लाख एक हजार खर्च 

तराईसंचार
11 पाठक संख्या
निजगढ । बाराको निजगढ ६ सडकटोल प्रणामी नगरमा २०८२ माघ २१ गतेबाट भएको श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव– २०८२ को कुल आय ब्यय सार्वजनिक भएको छ ।  श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव– २०८२ मा कुल एक करोड ४६ लाख ८० हजार एक सय एकतिस रुपैया आम्दानी भएकोमा बिभिन्न शिर्षकमा गरी ९९ लाख एक हजार ८ सय ४६ रुपैया खर्च भई ४७ लाख ७४ हजार नौ सय पचास रुपैया नाफा भएको कोषाध्यक्ष रोशन तिमल्सिनाले बताउनु भएको छ ।
महोत्सव आयोजक मूल समारोह समितिले शनिबार आज पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको आयब्यय सार्वजनिक गराएको हो । मूल समारोह समितिका संयोजक साहित्याचार्य जनार्दन महाराजले महोत्सब भब्यरुपमा सम्पन्न भएको र खर्च पारदर्शि रहेको बताउनु भएको छ । कृपासिन्धु गुरुकुलकी विदुषी उषा घिमिरेले सबैको साथ र सहयोगले महामहोत्सब भब्य भएको बताउनु भएको थियो ।
मूल समारोह समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले सबै तिरबाट बिल संकलन नभएका कारण आय ब्यय सार्वजनिक गर्न केही ढिला भएको बताउनु भएको थियो ।  मूल समारोह समितिका महासचिव प्रकाश सापकोटाले महामहोत्सवको खर्च र आम्दानी पारदर्शि रहेको र कसैलाई जानकारी चाहिए जतिखेर पनि जानकारी गराउने गरी कार्यालयमा उपलब्ध रहेको बताए । उद्धघाटन नवतनपुरधाम जामनगरका धर्माचार्य श्रीकृष्णमणीजी महाराजले गर्नु भएको महोत्सवमा नेपालका ६१ जिल्ला सहित भारत लगायत देश तथा विदेशबाट एक लाख बढी भक्तजनहरु सहभागी भएका थिए ।
शेयर