काठमाण्डौ । प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त हुदा अध्यक्षको पद खाली भएको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल आजबाट सकिएको भएपनि अध्यक्ष नियुक्त नभएपनि छ सदस्य नियुक्त भएको हो ।
नेपाली काग्रेस निकट प्रेस युनियनबाट तीन जना र नेकपा एमाले निकट प्रेस चौतारीबाट तीन गरी छ जना नियुक्त भएका हुन । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले उनीहरूलाई सदस्यमा नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यहरूमा प्रेस युनियनबाट नकुल अर्याल, बालकृष्ण अधिकारी र पदमराज जोशी छन् भने चौतारीबाट निमा काफले, भीमलाल श्रेष्ठ र शान्तराम विडारी छन् ।
प्रेस काउन्सिल नेपालमा छ सदस्य नियुक्त, अध्यक्ष खाली
Leave a Comment




