कार्यपालिका लक्षित बजेटले राम्रो र सकारात्मक परिणाम देखाएको छ –पुर्व नगरप्रमुख खनाल

तराईसंचार
457 पाठक संख्या
पठन समय 2 मिनेट
oplus_0

निजगढ। निजगढ नगरपालिकाका सस्थापक नगर प्रमुख सुरेश खनालले कार्यपालिका लक्षित बजेटले राम्रो र सकारात्मक परिणाम देखाएको बताउनु भयको छ साथै  उहाले किसान लक्षित कार्यक्रम तर्फ स्थानीय सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ ।  बाराको निजगढ वडा नम्बर ५ मा कार्यपालिका सदस्य शर्मिला विश्वकर्माको बजेटबाट दलित विपन्न र कृषक वर्गहरूका लागि लक्षित गर्दै किसानहरू प्रयोग गर्ने स्प्रे ट्याङ्की वितरण कार्यक्रमका प्रमुख अतिथि खनालले सो कुरा बताउनुभएको हो।

उहाँले कार्यपालिका लक्षित बजेटले पनि राम्रो र सकारात्मक परिणाम देखाएको बताउनुभयो । तराई इन्टरप्रेनर हाउस प्रालीको आयोजना तथा निजगढ नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको निःशुल्क स्प्रे ट्याङ्की वितरण कार्यक्रमको अध्यक्षता आयोजक संस्था तराई इन्टरप्रेनरका अध्यक्ष गुरुप्रसाद गौतमले गर्नुभएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि कार्यपालिका सदस्य शर्मिला विश्वकर्माले आफ्नो सानो प्रयासबाट किसानहरूलाई लक्षित गरी ट्यांकी वितरण गरेको र आउने दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि निजगढ नगरपालिका कृषि शाखाका प्रमुख रितेश चौधरीले कार्यक्रमले किसानहरूका लागि फलदायी हुने र यसको हामी सबैले सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ३ लाख बराबरको स्प्रेटङ्की वितरण गरिएको हो। वितरण कार्यक्रममा स्थानीय थिलाप्रसाद गौतम, कृष्णराज गिरी लगायतले ट्याङ्की वितरणले किसानहरूको लागि धेरै ठूलो सहयोग पुगेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष गुरुप्रसाद गौतमले ट्याङ्की गुणस्तरीय टंकी प्रदान गरेकोले प्रयोग पछि के कस्तो रहेको छ जानकारी दिन अनुरोध गर्दै चलाउने तरिका र सरसफाईका बारेमा किसानहरूलाई जानकारी दिनुभयो।

कार्यक्रममा पत्रकार महेश्वर अधिकारी उमेश घलाल स्थानीय समाजसेवी जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संञ्चालन पत्रकार ईश्वर सापकोटाले गर्नु भएको थियो ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *