केरा बिमा गरेका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा स्प्रे टंकी वितरण

तराईसंचार
449 पाठक संख्या
पठन समय 1 मिनेट

ईश्वर सापकोटा

निजगढ । निजगढ नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि शाखाले केरा बिमा गरेका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा स्प्रे टंकी वितरण गरेको छ । कृषकले रु १८०० र बाकी पालिकाले ब्यहोर्ने गरी टंकी बितरण भएको हो ।

नगरपालिकाको सभाहलमा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा स्प्रे टंकी बितरण भएको हो । कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख सोममाया थिङले किसानहरूलाई जैविक विषादी प्रयोग गर्नको लागि अनुरोध गर्दै किसानहरूको हक हितमा सधैं निजगढ नगरपालिका रहेको बताउनु भयो । कार्यक्रममा कृषि शाखा प्रमुख रितेश चौधरीले पहिला किसानहरूले गरिन्थ्यो भने अहिले आधुनिक जमाना आएको कारण मोटर वाला स्प्रे वितरण गर्दा किसानहरुलाई सहज हुने बताएका छन् ।

कार्यक्रममा कृषि प्राविधिक गङ्गा दुलाल, कृषि प्राविधिक रूपा पराजुलीले लगायतको सहभागिता रहेको थियो ।

नगरपालिकाले स्प्रेयर टंकी बुझ्न आउने कृषकहरूलाई आर्थिक वर्ष २०८१÷०८२ को केरा बिमा लेखको सक्कल वा प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरेको थियो । निजगढ नगरपालिका कृषि शाखाका कृषि प्राविधिकले निबेदन माग भए बमोजिम २०० जना किसानलाई स्प्रे ट्याङ्की वितरण गरेको हो ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *