मेची महाकालीद्वारा प्रहरीलाई पङखा वितरण

तराईसंचार
854 पाठक संख्या
पठन समय 1 मिनेट

ईश्वर सापकोटा
निजगढ । निजगढ नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय निजगढमा मेची महाकालीद्वारा पङखा वितरण गरेको छ ।

इलाका प्रहरी कार्यालय छलफल र भेटघाटमा आउने सेवाग्राहीलाई हुने समस्या कम गर्न मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा १५ हजार बराबरको वालफेन वितरण गरिएको हो । कार्यक्रमको सभा अध्यक्ष मेची महाकाली बुहारी आवाजका अध्यक्ष चण्डिका मगरले गर्नुभएको थियो ।

कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज कि सल्लाहकार कल्पना खरेल तथा संस्थाकी सचिव पुष्पा मोक्तान लगायतका व्यक्तित्वहरू उपस्थित भएर चारवटा वालपङखा ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेलाई हस्तान्तरण गरिएको हो ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *