निजगढ नगरपालिका वडा नम्बर ४ मा निम्न वर्गका समुदायलाई सिरक डस्ना र झुल वितरण

तराईसंचार
615 पाठक संख्या

निजगढ । निम्न वर्गका समुदायलाई लक्षित गरी बाराको निजगढ नगरपालिका वडा नम्बर ४ मा सिरक डस्ना र झुल वितरण भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ४ मा रहेका निम्न बर्गका समुदायलाई निजगढ नगरपालिका कार्यपालिका सदस्य मिना चौरेलको कोषबाट समुन्नत महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडले ६० परिवारलाई सिरक डस्ना र झुल वितरण गरेको हो ।

कार्यक्रमको सभा अध्यक्ष समुन्नत महिला सहकारी संस्थाकी अध्यक्ष कल्पना खरेलले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व नगरप्रमुख सुरेश कुमार खनालले निम्न बर्गका मानिसहरुका लागि सिरक डस्ना र झुल वितरणले ठुलो सहयो पुगेको बताउनु भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटा कार्यपालिका सदस्य मिना चौरेल कार्यपालिका सदस्य शर्मिला बिक, कार्यपालिका सदस्य कार्यपालिका सदस्य मिना सुनार , अतिथिहरु वडा नम्बर ४ का वडा सदस्य रासिन कुँवर, वडा सदस्य सुमित्रा बिक, बाघभैरव सामुदायिक वनका अध्यक्ष अमर स्याङतान, जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापक अध्यक्ष राम खड्का, मेची महाकाली संयुक्त बुहारी आवाज बारा जिल्लाको संयोजक चन्द्रीका मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन समुन्नत महिला बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड कि कोषाध्यक्ष चन्दा लामाले गरेको सहभागी उषा लामाले बताउनु भएको छ ।

शेयर