बारागढीमा सीमान्तकृत समुदायका लागि आर्थिक अवसर अभिवृद्धि परियोजना सुरु

तराईसंचार
207 पाठक संख्या
पठन समय 2 मिनेट

लक्ष्मी खरेल
बारा । दलित जातीय उत्थान केन्द्र (DEUC), बाराले सञ्चालन गर्न लागेको “बारागढी गाउँपालिकामा सीमान्तकृत समुदायको आर्थिक अवसर अभिवृद्धि परियोजना“ औपचारिक रूपमा सुरु गरिएको छ । गाउँपालिका सभाहलमा आयोजित विहिबार इन्सेप्सन कार्यक्रम गरि औपचारिक रुपमा परियोजना शुभारम्भ गरिएको हो ।

बारागढी गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालले कार्यक्रमलाई सम्बोधन गर्दै “परियोजनाबाट छनोट गरिने १०० जना विपन्न किसान र २५ जना नव उद्यमीहरू बारागढीमा आर्थिक रूपान्तरणको प्रेरक पात्र बन्नेछन्,” भन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा ८ जना महिलासहित ४४ जना सहभागीले परियोजनासम्बन्धी सुझाव, प्रतिक्रिया र सहकार्यका सम्भावना राखेका थिए । छलफल सत्रमा सहभागिहरुले परियोजनाको सफल कार्यान्वयनका लागि स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायबीचको घनिष्ठ सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा दलित जातीय उत्थान केन्द्रका कार्यकारी निर्देशक ओमप्रकाश ठाकुरले स्वागत मन्तव्य राख्दै परियोजना प्रभावकारी बनाउन सबै सरोकारवालाको सहकार्य र सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए ।

परियोजना संयोजक डा. अजय कुमारले परियोजनाको उद्देश्य, प्रमुख क्रियाकलाप, लक्षित समुदाय तथा अपेक्षित परिणामहरूबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । बैठकमा प्रारम्भिक कार्ययोजना समेत तय गरिएको छ ।

सहभागीहरूले परियोजनाप्रति पूर्ण प्रतिबद्धता जनाउँदै भविष्यमा समेत निरन्तर सहकार्य गर्ने अठोट व्यक्त गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी राई, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार चौधरी लगाएतको सहभागिता रहेको थियो ।

(Childaid Network) जर्मनीको आर्थिक सहयोगमा सञ्चालित यस परियोजनाले स्थानीय रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन र सीप विकासमार्फत बारागढीका सीमान्तकृत समुदायलाई आर्थिक रूपान्तरणको मूलधारमा ल्याउने लक्ष्य राखेको छ ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *