निजगढ नगरपालिका वडा नम्बर ८ गुम्बा टोल स्थित वडा कार्यालयको नवनिर्मित कार्यालयको भवन एक बर्ष ढिला गरी उद्घाटन भएको छ। गतबर्षनै सम्पन्न भएको भवन आज आएर उद्धघाटन गरिएको हो । निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामाको अध्यक्षतामा सम्पन्न भवनको उद्धघाटनका प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री कुन्दनराज काफ्लेले गरेका हुन । निजगढ नगरपालिकाको लगानीमा भवन निर्माण सम्पन्न भएको हो । कार्यक्रममा बिशिष्ट अतिथि निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल, निजगढ नगरका पूर्व नगर प्रमुख सुरेश कुमार खनाल, नेपाल तेक्वान्दो सङ्घ मधेस प्रदेशका अध्यक्ष पेमा सिद्धि लामा, श्री गौरीशंकर मावि निजगढ ८ का प्रधानाध्यापक बद्रीनारायण झा लगायतका अतिथिहरुले भवन निर्माणले जनताले सेवा सहज पाउने र नगरको खर्च कम लाग्ने बताईएको छ ।
कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मङ्गल लोप्चन् कार्यपालिका निजगढ नगरपालिका कार्यपालिका सदस्य मानबहादुर डाँसेली, शर्मिला विश्वकर्मा, मनमाया मगर, वडा नम्बर ८ का पूर्व वडा अध्यक्ष टेकबहादुर लामा , इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराका प्रहरी निरीक्षक दीपक केसी, राजनीतिक दलका प्रतिनिधिहरू नेपाली काङ्ग्रेसका नगर कार्यसमितिका सभापति नबराज तिमल्सिना , नेकपा माओवादीका युवा नेता रविराज दङ्गाल, राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला कार्यसमितिका सचिव रामहरी खरेल, नेकपा एकीकृत समाजवादी निजगढ नगर कमिटीका अध्यक्ष भीमसेन सापकोटा, जनमत पार्टी निजगढ नगर कार्य समितिका अध्यक्ष मोजहर मनसुर लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ८ का पूर्व वडा सदस्यहरू बिदुर खड्का, प्रमिलास सुनार, निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, गौरीशंकर मावि निजगढ ८ का विद्यालय व्यवस्थापक अध्यक्ष रवि कुमार बर्तौला, बकैया ठाकुर मावि निजगढका प्रधानाध्यापक हिमेश घिमिरे, समाजसेवी सन्नी लामा, राकेश न्यौपानी , निजगढ नगरपालिका वडा नम्बर ८ का राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिज्यूहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस निजगढ ८ वडा कार्यसमितिका कार्यवाहक सभापति रमेश लामा, नेकपा एमाले निजगढ ८ वडा कमिटीका अध्यक्ष पदम प्रसाद तिमल्सिना, नेकपा माओवादी केन्द्र निजगढ ८ वडा कमिटीका अध्यक्ष पेमा ध्यामछो, निजगढ नगरपालिका वडा नम्बर ८ मा रहेका क्लबहरू का अध्यक्ष वा प्रतिनिधि बारा बकैया निजगढ क्रिकेट क्लबका अध्यक्ष विष्णुकुमार खड्का, साथी सहकार्य युवा क्लबका अध्यक्ष विपुल लामा लगायतका जनसमुदायहरू उपस्थित रहेका थिए ।
निजगढ नगरपालिका वडा नं ८ को नवनिर्मित भवन उद्घाट कार्यक्रममा स्वागत मन्तव्य निजगढ नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शालिक राम ढुङ्गाना गरेका थिए । कार्यक्रम उद्घाटन प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री कुन्दनराज काफ्लेले दियो तथा पूजापाठ गरी कार्यक्रम उद्घाटन गरेका थिए । उद्धाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले विकास निर्माण र जनताको हितको लागि काम गर्न प्रदेश र पालिकको सीमानाले नछेक्ने बताउनुभयो । उहाँले बागमती र मधेस प्रदेश छिमेकी पनि प्रदेश भएकोले २ प्रदेशबीच विकास निर्माण कार्यमा सहकार्य जरुरी जरुरी छ भन्ने भनाई राखे । भवन उद्घाटन समारोहमा निजगढ नगरपालिकाका पूर्वनगर प्रमुख सुरेश खनाल, तेक्वान्दो संघ मधेस प्रदेशका अध्यक्ष पेमासिद्धी लामा, नेकपा माओवादीका रविराज दङ्गाल, गौरीशंकर मावि निजगढ ८ का प्रधानाध्यापक बद्रीनारायण झालगायतले बोल्नुभएको थियो
कोठाको सुविधा सम्पन्न सो भवन करिब ५३ लाखको लागतमा निमार्ण भएको हो । भवन उद्धाटनसंगै कार्यालयबाट सेवा शुरु गरिएको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो । भवन अभावमा यसअघि वडा कार्यालयले भाँडाको घरबाट सेवा प्रदान गर्दैआएको थियो । कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य मनमाया तामाङ गरेकी थिइन




