वीरगञ्जमा पहिलो पटक चित्रांश सुपर सिक्स नॉकआउट प्रतियोगिता

तराईसंचार
389 पाठक संख्या
पठन समय 1 मिनेट

लक्ष्मी खरेल

बीरगंज । वीरगञ्जमा पहिलो पटक ‘कायस्थ सुपर सिक्स नाकआउट प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ । चित्रांश यूथ टिम वीरगञ्जको आयोजना तथा चित्रगुप्त समिति वीरगंजको प्रस्तुतिमा प्रतियोगिता हुनलागेको आयोजकले जनाएको छ ।


आयोजक समितिले यस प्रतियोगिताले कायस्थ समुदायका युवाहरूलाई खेलकुदको माध्यमबाट समुदायमा जोड्न र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुने विश्वास लिएकाछन् । विभिन्न कारणले वीरगञ्ज बाहिर रहेका चित्रांश समुदायका युवाहरू चाडपर्वको अवसरमा घर आएको मौका पारेर आगामी कार्तीक ७ गते प्रतियोगिताबाट खेल आयोजन ागर्न लागिएको आयोजकले पत्रकार सम्मेलनम जानकारी गराएको हो ।


कार्यक्रमका संयोजकहरू प्रकाश कर्ण, महेश दास र राजन श्रीवास्तवले प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी दिंदै युवाहरुकै आर्थिक सहयोगमा हुने खेलले सामाजिक एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिता वीरगंजको ज्ञानदा एकेडेमीको मैदानमा हुनेछ । ‘सुपर सिक्स नॉकआउट’ प्रारूपमा खेलाइने प्रतियोगितामा वीरगंज क्षेत्रका कुल १० टिमहरूको सहभागिता रहनेछ । सबै खेलहरू ५ ओभरको हुनेछन् र सम्पूर्ण प्रतियोगिता एकै दिनमा सम्पन्न गर्ने आयोजकको योजना रहेको छ ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *