जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघ जीतपुर बारा, पर्यटन तथा हवाई यातायात समिति, मधेश प्रदेश र नाटा मधेश प्रदेशले अर्थमन्त्री रामेश्वर खनाललाई ५ बुद्धे ज्ञापन पत्र बुझाउदै निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण शुभारम्भ गरी समग्र देशको समृद्धिका लागि पहल थाल्न माग गरिएको छ ।
अध्यक्ष मोहन शर्मा लामिछानेले अर्थमन्त्री खनाललाई काठमाडौँ तराई द्रुतमार्गको निर्माण समयमै सम्पन्न गर्नका लागि समन्वयको आवश्यक्ता परेको अन्तर प्रदेश हवाई कनेक्टिभीटीमा मधेश प्रदेशका विमानस्थलहरुको उपयोग तथा निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण शुभारम्भ गरी समग्र देशको समृद्धिका लागि पहल थाल्न अर्थमन्त्रीलाई ज्ञापनपत्र दिदै ध्यानाकर्षण गराउनु भएको छ । उहाँले सडक यातायात प्रवाहलाई सहज बनाउन र सडक सञ्जाललाई व्यवस्थित गर्न पूर्व पश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति तचा हुलाकी मार्ग एवं जनता सडकको निर्माण तत्काल तिव्र बनाउन ज्ञापनपत्रमा माग गरिएको छ ।

त्यस्तै पर्साको ठोरीदेखि सप्तरीको कोशी टप्पुसम्मका पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना तयार गर्न आवश्यक छ । मधेशका पर्यटकीय क्षेत्रहरू ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक रूपमा समृद्ध छन् । यी क्षेत्रहरूमा पर्यटन प्रवद्र्धनका लागि विशेष पहल आवश्यक छ। यस क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण, प्रचार प्रसार एवं उचित नीतिगत व्यवस्थापनको खाँचो रहेको बताईएको छ।
त्यस्तै मधेशका किसानहरुको जीवनस्तर सुधार गर्नका लागि वैज्ञानिक कृषिमा आधुनीकिकरण, सुरक्षित भण्डारण केन्द्र, शीत भण्डार तथा चिस्यान केन्द्रहरुको उपलब्धता जस्ता क्षेत्रमा माननीय अर्थमन्त्री मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै बारा पर्सा औद्योगिक करिडोरलाई औद्योगिक क्षेत्रको घोषणा तथा विशेष आर्थिक क्षेत्र सेज सिमराको प्रभावकारी सञ्चालन आवश्यक छ। यसबाट रोजगारी सिर्जना, औद्योगिक विकास र समग्र आर्थिक उन्नतिमा टेवा पुग्नेछ । यस क्षेत्रका उद्योगहरुले खेपीरहेको विद्युत समस्या समाधान, उद्योगमैत्री पुर्वाधारको निर्माण, मानवबस्ती र औद्योगिक क्षेत्रमा देखिने समस्याको दीर्घकालीन समाधान गर्न माग गरिएको छ ।
त्यसैगरी मुलुकको प्रमुख भन्सारका रुपमा रहेको बीरगञ्ज भन्सार र बारा पर्साका छोटी भन्सार कार्यालयहरुलाई व्यवस्थित बनाउन सरकारको पहल आवश्यक छ । सरकारले गरिरहेको काम र सुरक्षा प्रभावकारी नबन्दा भन्सारबाट राजश्व चुहावटको समस्या व्याप्त छ। उद्योग तथा यहाँका व्यवसायमा भन्सारमा हुने गरेको चुहावटले ठूलो नोक्सानी पुगिरहेको म अवगत गराउन चाहन्छु। भारतीय नागरिकको आवागमनमा सहजता तथा मालसामानको ढुवानीरपैठारीलाई व्यवस्थित बनाउनु अहिलेको मुल आवश्यक्ता बनेको ज्ञापनमा छ।





