कलैया । हलखोरिया साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष र जीतपुरसिमरा वडा नं. १६ का अध्यक्ष हरीदेब खरेलबिच फेरी तनाब भएको छ । वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट धम्की दिएको भन्दै सुरक्षाको माग गर्दै साझेदारी बन समितिका अध्यक्ष विकल्प भट्टराईले जिल्ला प्रशासन कार्यालय बारा मार्फत प्रहरीमा उजुरी दिएका छन । भट्टराईले आजै उजुरी दर्ता गर्दै स्ुरक्षा माग गरेपछि वडा अध्यक्ष र साझेदारी अध्यक्षबिच तनाब बनेको हो । यस अघि पनि पटक पटक अध्यक्ष भट्टराई र वडाअध्यक्ष खरेलबिच विवाद हुदै आएको छ ।

वडाअध्यक्ष खरेलले एक दिन अघि पिलुवा स्थित बनदेबी मन्दिर परिसरमा बन्दै गरेको थप मन्दिर ढलान कार्य हुँदै गर्दा बन कर्मचारीहरुको अवरोध पछि हलखोरिया साझेदारी बनका अध्यक्षले यो अवरोध वडा अध्यक्षले गराएको भन्ने भ्रम छरेको भन्दै असहमति जनाएका थिए । पटकपटक धामीझाँक्रीको रोल खेल्ने अराजक तत्वलाइ जनस्तर तथा कानुनी कार्वाही हुने जानकारी गराउदछु भन्दै स्टाटस हालेपछि भट्टराई सुरक्षा माग गरेका हुन ।तराई सञ्चार राष्टिय दैनिक











