आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत, डिजिटल र प्रविधिमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी योजनाहरू सार्वजनिक (पूर्णपाठसहित)

तराईसंचार
20 पाठक संख्या

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । डिजिटल र प्रविधिमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरेका छन् ।  सीमा नाकामा पहिलोपटक ‘अनुहार पहिचान प्रणाली’ सहितको एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली जडान गरिने भएको छ। नाकामा हुने अवैध गतिविधि रोक्न ड्रोन र नाइट भिजन क्यामेराको प्रयोग गरी स्वचालित निगरानी पूर्वाधार निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

काठमाडौँ–केरुङ र काठमाडौँ–रक्सौल रेलमार्गलाई प्राथमिकतामा राख्दै यसको लगानी मोडालिटी तय गरिनेछ। यस्तै, सबै स्थानीय तहलाई १२ महिना चल्ने सडक सञ्जालसँग जोड्ने र काठमाडौँ–तराई फास्ट ट्र्याकको निर्माणलाई तीव्रता दिने सरकारको लक्ष्य छ। आयोजनाबाट प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प दिने नयाँ नीति समेत ल्याइएको छ। नापी र मालपोत सेवालाई एकीकरण गरी स्थानीय तहबाटै डिजिटल रूपमा सेवा उपलब्ध गराइनेछ।

फाइनल-नीति-तथा-कार्यक्रम-20830128_260511_170827

शेयर