कांग्रेस केन्द्रीय समितिमा देउवा समूहका १२ र शेखर समूहका ७ जना मनोनीत

तराईसंचार
20 पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिमा मनोनीत गरेका निवर्तमान सभापति शेरबहादुर देउवा समूहका १२ जना र डा। शेखर कोइराला समूहका ७ जना छन् । सभापति थापाले सोमबार १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ संशोधन सहितको धारा २१ को उपधारा ९१०० बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

मनोनीत हुने महेन्द्र यादव धनुषा, उमेश श्रेष्ठ चितवन, रमेश रिजाल पर्सा, अजयकुमार चौरसिया पर्सा, लक्ष्मी परियार उदयपुर, आङ्गेलु शेर्पा सोलुखुम्बु, दिनेशकुमार यादव सप्तरी,राजीव ढुङ्गाना सुनसरी, नागिना यादव महोत्तरी, डा। जीवन राना कैलाली र सीता थपलिया उर्मिला धादिङ छन् । यादव १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका नेता हुन् ।

त्यस्तै डा. शेखर समूहबाट केन्द्रीय सदस्य मनोनीत हुनेमा जीवन परियार कास्की सुजाता कोइराला मोरङ, दिलेन्द्रप्रसाद बडू दार्चुला, डा।चन्द्रकान्त भण्डारी गुल्मी, राजीव कोइराला सुनसरी, प्रा.डा. गोविन्दराज पोखरेल प्यूठान र दिनेश कोइराला चितवन छन् । परियार १४ औँ महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री हुन्।

शेयर