वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पक्राउ

तराईसंचार
22 पाठक संख्या

वीरगन्ज  . वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह पक्राउ परेका छन् । पर्साको ठोरीबाट नगर प्रमुख सिंहलाई पक्राउ गरिएको हो ।

सरकारी लिखत किर्ते, झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा राहदानी सम्बन्धी कसुरमा मेयर सिंहलाई पक्राउ गरिएको हो । सिंहमाथि अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर सरकारी कागजात तयार गरिएको अभियोग छ ।

सोही अभियोगमा पर्सा जिल्ला अदालतले गत मंगलबार पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । यस प्रकरणमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराई, उनकी छोरी रुबिना श्रेष्ठ तथा वीरगन्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायलाई समेत प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध लिखत सम्बन्धी कसुर, नागरिकता किर्ते तथा राहदानी किर्तेसम्बन्धी अभियोग लगाइएको सरकारी वकिल कार्यालयले जनाएको छ।
शेयर