एसियाली खेलकुदका लागि चार नेपाली तेक्वान्दो खेलाडी छनौट

तराईसंचार
54 पाठक संख्या

काठमाडौं । जापानको आइची–नागोया मा सन् २०२६ मा आयोजना हुने २०औँ एसियाली खेलकुद तथा ५औँ एसियाली पारा खेलकुदका लागि नेपालका चार जना तेक्वान्दो खेलाडी छनौट भएका छन्।

पारा तेक्वान्दोतर्फ रेनु तामाङ ४७ केजीमुनि र पलेशा गोवर्धन ५७ केजीमुनि प्रतियोगिताका लागि छनोट भएका हुन्। त्यसैगरी, एसियाली खेलकुदतर्फ अभिषेक बराल पुरुष ८० केजीमुनि तौल समूहमा तथा युवराज राना व्यक्तिगत पुम्से पुरुष ३० वर्षमुनि विधामा छनोट भएका छन्।

५औँ एसियाली पारा खेलकुद अक्टोबर १८ देखि २५, २०२६ सम्म आयोजना हुनेछ भने २०औँ एसियाली खेलकुद पनि सोही वर्ष जापानको आइची–नागोया मा हुने तालिका छ। चारै खेलाडीको छनोटसँगै नेपाली तेक्वान्दोले अन्तर्राष्ट्रिय प्रतियोगितामा थप सफलता हासिल गर्ने अपेक्षा गरिएको छ। नेपाल तेक्वान्दो परिवारले चारै खेलाडीलाई बधाई दिँदै प्रतियोगिताको तयारी र उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेको छ।

 

शेयर