ध्यानाकर्षण पत्र दिएको करिव एक बर्ष बितेपनि निजगढ क्षेत्रमा काम नभएपछि रक्षामन्त्री मानवीर राईलाई दोश्रो पटक ध्यानाकर्षण पत्र

तराईसंचार
427 पाठक संख्या
निजगढ । निर्माणाधिन काठमाण्डौ निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजना स्थलको प्रभावित क्षेत्र निजगढमा सामाजिक उत्तरदायित्व अन्तर्गत काम नभएपछि रक्षामन्त्री मानवीर राईलाई दोश्रो पटक ध्यानाकर्षण पत्र बुझाईएको छ ।
दु्रतमार्गका सबै सामाग्री देखि कर्मचारीहरुले प्रयोग गर्ने आयोजना स्थल वरपरका स्थानीय सरकारले बनाएका सडक खाल्डाखुल्डी र भत्किएको भएपनि आयोजनाले खाल्डाखुल्डी पुर्न एक ट्रक ग्रेबल समेत हालेको छैन । हेटौडा र अन्य क्षेत्रमा आयोजनाले पारेका असर क्षेत्रमा आयोजनाले बाटो पिच नाला र अन्य विकास निर्माणका योजनाहरु संचालन भएको भएपनि निजगढमा भने कुनै काम भएको छैन ।
आयोजनाले निजगढको सिचाईमा असर पारेको छ भने आयोजना स्थल बरपरका बाटोघाटो भत्किएको छ । यस अघि सार्वजनिक माध्यामिक बिद्यालयको बार्षिकोत्सब कार्यक्रममा नगरप्रमुख सुरथ पुरीले रक्षामन्त्री मानविर राईलाई ज्ञापन पत्र दिएका थिए । एउटै पार्टीबाट मन्त्री भएका मन्त्री राईले ज्ञापन पत्र दिएको एक बर्ष भएपनि सुनुबाही नभएपछि पुनः बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनालीको अगुवाईमा निजगढ नगरपालिकाका नगर प्रमुख पुरी, साविक निजगढ गाविसका अध्यक्ष एकबहादुर श्रेष्ठको टोलीले आइतवार सिंहदरवारस्थित रक्षा मन्त्रालयमा पुगेर मन्त्री राईलाई पुनः ज्ञापन पत्र बुझाएएका हुन ।प्रभावित क्षेत्रका बासिन्दाहरुको हितको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना कार्यालयले निश्चित रकम लगानी गर्नुपर्ने प्राबधान भएपनि निजगढ क्षेत्रमा कुनैपनि काम भएको छैन । नेपाली सेनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत गर्नुपर्ने काम नगरेकाले लाभदायी योजनाहरुको माग गर्दै आफूसहितको टोलीले मन्त्री राईलाई ध्यानाकर्षणपत्र बुझाएको सांसद अच्युत  मैनालीले बताउनु भएको छ ।
ध्यानाकर्षणपत्रमा निजगढ नगरपालिका ४ को मोहोरीस्थित बकैया खोलमा चेक ड्याम, बकैया नदी किनारामा जलाशय निर्माण र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बकैया पुलदेखि उत्तर मोहोरी पार्कसम्म र दक्षिणतर्फ निजगढको बकैया आर्यघाटसम्म आवश्यक तटबन्ध निर्माण गरिनुपर्ने मन्त्री राईसंग माग गरिएको छ ।
द्रुतमार्गले प्रवावित गरेको स्थानीय किसानले लामो समयदेखि सिँचाइमा प्रयोग गर्दै आएको बाघ भैरव मुल कुलो मर्मत र सिँचाइको दीर्घकालीन व्यवस्थापन गर्न मन्त्री राईको ध्यानाकषर्ण गराइएको छ ।
आफूहरुको मागमा मन्त्री राईले सकरात्मक प्रतिक्रिया जनाउनु भएको र आवश्यक समन्वय तथा सहजीकरण गरी कार्यान्वयन गर्ने बताएको सांसद मैनालीले बताउनु भयो ।
                                 सार्वजनिक माविको बार्षिकोत्सवमा धानाकर्षण गराईएको थियो ।
निजगढ नगरपालिका कार्यालयले पनि यसअघि द्रुतमार्ग आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लगानी गर्न पटक पटक माग गर्दै आएको नगर प्रमुख पुरीले बताउनु भयो । ‘हामीले शुरुदेखि नै माग गर्दै आएका थियौंं, बर्षै बिते पनि नभएपछि फेरी ज्ञापनपत्र दिईएको नगर प्रमुख पुरीले भन्नु भयो, तर यो पटक भने कार्यान्वय हुने आशा बढेको छ ।
आयोजनाको शुरु विन्दुको रुपमा रहेको निजगढ नगरपपालिकाभित्र सो सडकको करिव १० किमी खण्ड पर्दछ ।
शेयर