पुर्व राष्टपति बिद्यादेवी भण्डारी बारा र पर्सा आउनु हुने, दुई दिन कार्यकर्ता भेटघाटमा ब्यस्त 

तराईसंचार
714 पाठक संख्या
कलैया । पुर्व राष्ट्रपति एवम नेकपा एमालेका पुर्व उपाध्यक्ष बिद्यादेवी भण्डारी बारा आउनु हुने भएको छ । पर्सामा एक र बारामा एक गरी दुईदिन दुई जिल्ला बसेर तेश्रो दिन उहाँ फर्कने कार्यक्रम रहेको नेकपा एमाले पार्टीका मधेश प्रदेश सदस्य एवम मदन भण्डारी फाउण्डेशन मधेश प्रदेशका अध्यक्ष राजमहम्मद रायले जानकारी दिनु भएको छ ।
भोली भाद्र १४ बिहान ८ बजे सिमरा विमानस्थलमा बिमान मार्फत आउने र बिरगन्ज उद्योग बाणिज्य संघको नारी शक्ति, समर्पण र सम्मान भन्ने मूल नाराका साथ हुन लागेको बृहत् महिला सम्मेलन २०८२ को अवसरमा हुने कार्यक्रममा प्रमुख अतिथि भई कार्यक्रम सम्पन्न गर्ने र साझ पर्सा र बिरगन्जका पार्टीका नेता कार्यकर्ताहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
त्यसैगरी १५ गते बिहान बाराको गढीमाई दर्शन गरी ११ बजेदेखि कार्यकर्ता भेटघाट कार्यक्रम दरबार होटलमा साझैसम्म हुने र १६ बिहान फर्कने कार्यक्रम रहेको रायले जानकारी दिनु भएको छ ।
शेयर