अबैध गाँजा खेति गर्नेहरु पक्राउ नगरी प्रहरीले गाजा खेतीमात्र नष्ट

तराईसंचार
298 पाठक संख्या
पठन समय 1 मिनेट
निजगढ । अबैध गाँजा खेति गर्नेहरु पक्राउ नगरी प्रहरीले गाजा खेतीमात्र नष्ट गरेको छ । बाराको निजगढ नपा वडा नं. १२ कुलियामा खेति गर्नेहरुलाई पक्राउ नगरी पाक्न लागेको गाँजा मात्र पक्राउ पर्दा बर्षेनी बारामा गाजा खेती हुदै आएपनि घटेको छैन ।
निजगढ प्रहरीको कार्वाहीमा बारा प्रहरीले आठ कठ्ठा खेतमा लगाएको अवैध गाँजा खेती फडानी तथा नष्ट गरेको विज्ञप्ती मार्फत जनाएको छ । इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी नायब निरीक्षक आस महम्मद अंसारीको कमाण्डमा खटिएको प्रहरी टोलिले सो गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन्।
उनका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका वडा नं.१२ स्थित रहेको कुलिया टोल क्षेत्रमा अवैध रुपमा लगाएको गाँजा खेती ८ कट्ठा क्षेत्रफलमा रहेको करिब ११–१२ सय गाँजाका बोटहरू फडानी गरि नष्ट गरिएको हो ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *