निजगढ । दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको विहीवार भएको सेमी फाईनल पहिलो चरणको खेलमा वडा नं. ७ को टिमले जित हात पारेसंगै फाईनलमा प्रवेश गरेको छ । निक्कै प्रतिस्पर्धात्मक निर्धारित समयमा दुुबै टिमले कुुनै गोल गर्न नसकेपछि पेनाल्टीमा वडा नं. ९ लाई ३ का विरुद्ध वडा नं. ९ को टिमले ४ गोल गरी जीत हात पारेसंगै फाईनलमा प्रवेश गरेको हो । आजको प्रतियोगिताको म्यान अफ दि म्याच विजेता टिमका जर्सी नं. १० का राम अर्याल घोषित भए । उनलाई स्व. विकल रेग्मीका आमा कमला रेग्मी र निजगढ नपा ७ का वडाअध्यक्ष टेक बहादुुर लामा लगायतले संयुुक्त रुपमा रेग्मी ट्रफि प्रदान गरे ।
त्यसैगरी दोस्रो चरणको खेलमा वडा नं. १० र वडा नं. १३ को टिम बिच भएको सेमी फाईनल खेलमा वडा नं. १३ ले जीत हात पारेको छ । निक्कै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुुबै टिमका खेलाडीहरुले गोल गर्न नसकेपछि सडनडेथमा वडा नं. १० लाई ५ का विरुद्ध वडा नं. १३ ले ६ गोल गरी जीत हात पार्दै फाईनलमा प्रवेश गरेको हो । आजको प्रतियोगिताको म्यान अफ दि म्याच विजेता टिमका अनिश गोङ्गवा घोषित भए । उनलाई स्व. विकल रेग्मीका आमा कमला रेग्मी लगायतले संयुुक्त रुपमा ट्रफि प्रदान गरे ।
आजको दुुई चरणको खेलमा मुुख्य रेफ्री लिलाम्बर चौधरी र रियाजुल स्लाम, सहायक रेफ्री राजुु चौधरी, फोर्थ अफिसियल नीलकमल चौधरी रहेका छन् । शनिवार १६ गते हुुने फाईनल खेल अघि दिउसो २ बजे महिला फुटवल टिम बिच मैत्रीपूर्ण खेल हुने र फाईनल खेल दिउसो ३ बजे निजगढ नपा ९ स्थित शहीद हिरालाल रंगशालामा हुुने जनाएको छ ।




