जितेन्द्र प्रसाद चौधरी
कोल्हवी । बाराको करैयामाई गाउँपालिका लाई बिहीबार एक विशेष समारोहका बीच साक्षर पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवाल, करैयामाई गाउँपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरी, शिक्षा विकास तथा समन्वय इकाइ बाराका प्रमुख अशोक रौनियार, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव, वडा नं। १ का अध्यक्ष सोनालाल साह, वडा नं। २ का अध्यक्ष सुरेन्द्र चौधरी, गाउँपालिकाभित्रका माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा जेजेवाईसीका प्रतिनिधि सियाराम यादव, सेभ द चिल्ड्रेनका प्रतिनिधि रामबहादुर साह, जन सामुदायिक माध्यमिक विद्यालय मधुवन हरैयाका प्रधानाध्यापक रामबाबु प्रसाद यादव, वडा अध्यक्षद्वय सोनालाल साह र सुरेन्द्र चौधरी, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव, बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवाल तथा उपाध्यक्ष सुनैना कुमारी चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरेन्द्र कुमार साहले करैयामाई गाउँपालिकालाई साक्षर पालिका घोषणा गर्न योगदान पुर्याउने सम्पूर्ण शिक्षक, कर्मचारी, जनप्रतिनिधि, विकास साझेदार संस्था तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे। उनले साक्षरताको उपलब्धिलाई दीगो बनाउँदै शिक्षाको गुणस्तर अभिवृद्धिमा निरन्तर लाग्न आग्रह समेत गरे।
गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख उमेश यादवले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सन्तोष कुमार रजकले गरेका थिए।











