कलैयाको ब्लड बैंकमा रगतको अभाव,बिरामीहरु अप्ठयारोमा जोहो गरिदिन अस्पतालको आग्रह

तराईसंचार
146 पाठक संख्या
पठन समय 2 मिनेट

सिकेन्द्र पासवान
कलैया । बारा जिल्ला स्थित प्रादेशिक अस्पताल कलैयामा रहेको ब्लड बैंकमा अहिले रगतको अभाव सिर्जना भएपछि बिरामीहरु पुनह बिरगंजको भर पर्नु पर्ने भएको छ ।

कलैया ब्लड बैंकमा १ हजार पोका रगत भण्डारण गर्ने क्षमता भए पनि हाल रगत अभावका कारण स्टोर खालि रहेको ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ताले जानकारी दिए । उनका अनुसार ब्लड बैंकबाट दैनिक ४०–५० जना बिरामीले सेवा लिने भएपनि जेठ २ गतेदेखि रगत अभावका कारण बिरामीहरूले उपचारमा कठिनाइ भोग्नुपरेको छ इन्चार्ज गुप्ताले जानकारी गराए ।

प्रादेशिक अस्पतालमा हुने शैल्यक्रिया, डेलिभरी, विभिन्न प्रकारको दुर्घटना सुस्त मनस्थितका बिरामीहरु लगायतका आकस्मिक सेवाहरूका लागि निरन्तर रगतको माग हुने भएको भएपनि हालको अवस्था हेर्दा, बिरामीहरुलाई समयमा रगत नपाएको हुनाले उपचारमा समस्या भइरहेको प्रदेशिक अस्पताल कलैयाका निमित प्रमुख डाक्टर अजय गुप्ताले जानकारी दिए ।

बारा जिल्लामा १ वटा रेडक्रस शाखा र १३ वटा उपशाखाहरू सक्रिय भए तापनि जिल्ला भित्र रहेका अन्य संस्थाहरूको पर्याप्त समन्वय र निरन्तरता अभावले रगतको आपूर्ति हुन सकेको छैन। विगतमा थुप्रै संघ–संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका थिए। तर अहिले नियमित रक्तदान कार्यक्रम नहुनु र जागरूकताको कमीले यो अवस्था सिर्जना भएको कलैया अस्पताल बिकास समितिका अध्यक्ष प्रकाश चौगाईले बताए ।

बारा जिल्लाका सरकारी तथा गैरसरकारी संघ,संस्थाहरू, सामुदायिक तथा राजनीतिक संगठनहरू, यस्तै निजि तथा सामुदायिक विद्यालय,क्याम्पस,युवा क्लबहरूलाई समय–समयमा रक्तदान कार्यक्रमको आयोजना गरेर मानव जीवन रक्षामा सहयोग गर्न अस्पताल बिकास समितिका अध्यक्ष चौगाईले आग्रह गरेका हुन ।तराई सञ्चार राष्ट्रिय दैनिक

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *