घर नजिकै रहेको शसस्त्र प्रहरी काम नलागेको पूर्व मन्त्री साहको आरोप

तराईसंचार
378 पाठक संख्या
पठन समय 3 मिनेट

शारदा पोख्रेल
बारा । पूर्व मन्त्री तथा बारा–३ की संघीय सांसद ज्वाला कुमारी साहले सशस्त्र प्रहरी संगठनले खबर गर्दा पनि कुनै सुरक्षा दिन नसकेकोको भन्दै तत्काल खारेज गर्न माग गरेकी छिन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मंगलवार साँझ साहको निवास आन्दोलनकारीले तोडफोड गरेर आगजनी गरेका थिए । पूर्व मन्त्री साहको निवास जीतपुर सिमरा वडा नं १६ पिलुवामा छ । उनको निवासदेखि करिव सय मिटर दुरीका शसस्त्र प्रहरी बल ४० नं रिर्जभ गणको कार्यलय रहेको छ । जहाँ शसस्त्रका प्रहरी उपरीक्षकको नेतृत्व रहेको छ  ।
 घटना हुने दिन घरमै रहेकी साहले घटनाबारे पूर्व जानकारी पाउनासाथ नजिकै रहेको शसस्त्र प्रहरी गणसँग गुहार मागेकी थिइन् ।
शसस्त्र प्रहरीले ढुक्क हुनुस् हामी छौ भनेर अन्तिम समयमा नियोजित ढंगले आगजनी हुन दिएको साहको भनाई छ ।
 ‘घटना हुने दिन बाराका सबै सुरक्षा निकायलाई खबर गरेर हामी घरमै बसेको थियौ, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आएपछि अव आन्दोलन साम्य हुन्छ भनियो,सशस्त्र प्रहरीका उपरीक्षक नवराज थापाले हामी छौ,केही हुन्न घरै आराम गरेर बस्न भन्नुभयो’ पूर्व मन्त्री साहले भनिन् ‘सशस्त्र प्रहरीले हामी सुरक्षा दिन्नौ भन्नुभएको भए कार्यकर्तालाई राखेर हामी आफ्नो सुरक्षा आफै गथ्यौ, आज मेरो घर बच्थ्यो होला’
अर्भरै निमार्ण सम्पन्न भएको साहको ३ तले घर आन्दोलनकारीले खरानी बनाईदिएका छन् । उनको घर भित्रका सम्पुर्ण सामान जलेर नष्ट भएको छ ।
पूर्व मन्त्री साहले जलिरहेको घरमा आगो निभाउन आएको दमकललाई समेत रोकेर  केही व्यक्तीले नियोजित ढंगले घर जलाईएको गुनासो गरेकी छिन् । ‘म साह्रै पिडित छु, मर्ने अवस्थामा छु ,मेरो साहारा भनेको यही घर थियो’ साहले भनिन् ‘गाँउमा मान्छे राम्रो भएको भए यसरी घर जल्ने थिएन ।’ साहले भनिन्
साहले बालुवा, ढुंगा, ईट्टा, सिमेन्ट दिएर सहयोगी दाताहरुको सहयोगले ७ वर्ष लगाएर घर बनाएको बताएकी छिन् । ‘अव सबै दलहरु मिलेर समाज र देशलाई बचाउन सकेनौ भने देश अर्काको हातमा जादैछ’ साहले भनिन् ‘यो आन्दोलनले खर्वौको नोक्सानी भएको छ, यो नोक्सानी व्योहोर्नका लागि लागि सय वर्ष लाग्छ’ नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकाी साहले भनिन् ‘देश सय वर्ष पछाडी धकेलिएको छ, संरचना मात्रै होईन सबै कागजजात पनि जलेर नष्ट भएको छ’
नेकपा एमाले बाराका सहसचिव तथा साहका पति अमृत बझगाँईले थोपा– थोपा सिञ्चित गरेर बनाएको घर  एकै झमटमा खरानी हुदाँ साह्रै पिडा भएको बताएका छन्  ।
‘हाम्रो घर जल्दा छेउमै रहेको शसस्त्र प्रहरी गण मुखदर्शक भएर बस्यौ, यो सम्पुण घटना गराउनमा शसस्त्र प्रहरी र नेपाली सेनाको ठुलो भूमिका छ ।’ बझगाँईले भने ‘देशभर भएका आगजनीको क्षतिको शसस्त्र र सेनाले जिम्मा लिनुपर्छ ।’
घर जलाउने तत्वहरुलाई सबैले पहिचान गरेर कानुनी कठघरामा ल्याउनुपर्ने बझगाँईको भनाई छ । घटना हुने दिन पूर्व मन्त्री साहको परिवार सुरक्षा घेराभित्र बसेर सुरक्षित भएका थिए । उनको घरमा आगजनी हुदाँ  २ करोड ५० लाख मुल्य बराबरको क्षति भएको जनाईएको छ ।
शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *