सिमरा । आन्तरिक राजस्व कार्यालय सिमरा बाराको आयोजनामा १४ औ राष्ट्रीय कर दिवश आफनै भवनमा सम्पन्न गरेको छ । सम्पन्न समारोहमा दुई उत्कृष्ट करदाताहरुलाई आन्तरिक राजस्व कार्यालय सिमरा बाराले सम्मान समेत गरेको छ । सम्मानित हुनेमा पोषक ब्रीडर फ्राम प्रा.ली बारा र म्याक्स फर्मा प्रा.ली रौतहट रहेका छन ।

आन्तरिक राजस्व कार्यालय सिमरा बाराका प्रमुख प्रमुख कर अधिकृत दिनेश पाण्डेको अध्यक्षता तथा प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले बिशिष्ट अतिथिकारुपमा भन्सारबाट हुने चोरी तस्करी नरोकीदा भन्सार गरेर ल्याउने ब्यापारीहरु मारमा पर्ने गरेको बताउदै कर कार्यालयले अनुगमनमा जानु अघि संघलाई सहकार्य गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ प्रसौनी उद्योग बाणिज्य संघका अध्यक्ष तुलसी गुप्ता, चार्टर एकाउन्ट सरोज भट्ट लगायतले सम्बोधन गर्दै ब्यापारीहरुको समस्याका बारेमा आफना भनाई राख्नु भएको थियो ।
त्यसैगरी करदाता सेवा कार्यालय कलैयाले १४औँ राष्ट्रिय कर दिवस विभिन्न कार्यक्रमका साथ धुमधामपूर्वक सम्पन्न गरेको छ । करदातामा करप्रति जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यालयले सोमबार विशेष समारोह आयोजना गर्दै दिवस मनाएको हो । कलैया ७ स्थित कार्यालय भवन हलमा भएको कार्यक्रममा करदाताहरुले कर प्रणालीलाई सरल, पारदर्शी र करदाता–मैत्री बनाउन उद्योगी ब्यापारीहरुले आग्रह गरेका छन । कार्यालय प्रमुख अन्जु कुमारी कर्णको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नियमित रूपमा कर तिर्ने उत्कृष्ट करदाताहरुलाई सम्मानपत्र प्रदान गर्दै कर दिवसको महत्वमाथि चर्चा गरेकि थिइन ।

करदाता सेवा कार्यालय कलैयाको प्रमुख कर्णले आगामी दिनमा कर प्रशासनलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन स्थानीय सरोकारवालासँग सहकार्य बढाउने र कर शिक्षा कार्यक्रमलाई विद्यालय, उद्योग–व्यवसाय तथा समुदायसम्म लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कार्यालयले यो बर्षको उत्कृष्ट करदाताका रुपमा श्री शिवपार्वती एग्रो प्राली प्रसौनी ४ बारालाई सम्मान गरेको छ । करदाताहरुलाई सहज नभएसम्म सेवा यहि बाट हुनुपर्ने उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साहले कार्यालयलाई ध्यानाकर्षण गराएका छन । कार्यक्रमको सन्चालन मनोज प्रसाद गुप्ताले गरेका थिए ।




