बिना सूचना जेनजी अगुवा गुरुङ्ग पुर्वमन्त्री श्रेष्ठको निवासीमा प्रवेश, सामाजिक सञ्जाल मार्फत श्रेष्ठको आपत्ती

तराईसंचार
550 पाठक संख्या

यो गुण्डागर्दी शैली हो : प्रहरी उपरीक्षक तमाङ्ग

बारा । पूर्व सूचनाबिना जेनजी नेता सुदन गुरुङ्गको नेतृत्वको टोली आफ्‌नो निजी निवासमा प्रवेश गरेको भन्दै पूर्वमन्त्री कृष्ण कुमार किसान श्रेष्ठले आपत्ती जनाएका छन । गुरुङ अर्काको घरमा विना जानकारी प्रबेश गरेसगै सामाजिक सञ्जालमा यसको चौतर्फी बिरोध भएको छ । पूर्वमन्त्री श्रेष्ठले घरमा कोही नभएको मौका छोपेर जेनजी गुरुङ्ग निजी निवासमा प्रवेश गर्नु गलत भएको वडा नं. ४ का वडाअध्यक्ष ईश्वर केसीले सामाजिक सञ्जालमा ब्यप्त गरेका छन । त्यसैगरी जीतपुरसिमराका नगरप्रमुख राजन पौडेलले पनि निजी निवासमा प्रवेश गर्नु गलत भएको सामाजिक सञ्जालमा ब्यप्त गरेका छन । श्रेष्ठको घरमा पसेर कर्मचारी र सहयोगीलाई धम्काएको भन्दै सामाजिक सञ्जाल मार्फत आपक्ती जनाउने धेरै छन ।
पूर्वमन्त्री श्रेष्ठ बारा, जीतपुर सिमरा –४ निवासी हुन् । बारा –४ का निर्वतमान संघीय सांसद समेत रहेका श्रेष्ठको औराहा स्थित निवासमा आज बिहान ११ बजे जेनजी अगुवा सुदन गुरुङ्ग सहित केही युवाहरु पुगेको थिए ।
पूर्वमन्त्री श्रेष्ठले पार्टीको कामको शिलशिलामा काठमाडौ भएको मौका छोपेर कथित जेनजी नेता भनिने सुदन गुरुङ्ग भन्ने व्यक्ती आफ्‌नो निजी निवासमा प्रवेश गरेर आफ्‌नो  काम गर्ने कर्मचारी र सहयोगीहरुलाई धम्काएको भन्दै उनले सामाजिक सञ्जालमा आपत्ती जनाएका हुन् ।
‘काम गर्ने कर्मचारीलाई किसान श्रेष्ठको घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुनसक्छ भनेर धम्की दिएको उनले जनाएका छन । घटनाप्रति घोर भत्सना गर्दछु’ पूर्वमन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत आपत्ती जनाएका छन ।
यसरी जेनजीको नाममा भईरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभुती गराउन स्थानीय प्रशासन र नेपाल सरकारसँग जोडदार माग समेत गरेका छन् । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा पूर्वमन्त्री श्रेष्ठको घर र ४ वटा सवारी साधन तोडफोड र आगजनीले ध्वस्तं भएको थियो । जेनजी आन्दोलनको क्रममा आगलागी भएको घर पुनं निमार्णमा खटिएका ईन्जिनियर चिरन्जिवी झाले गुरुङ्गले आफुलाई धम्काएको दावी गरेका छन् ।
‘तपाई किसान श्रेष्ठलाई सम्झाईदिनुस् सिमराका जेनजीहरुलाई कसैले हातपात गर्यो भने घरमा मात्रै होईन मान्छेलाई आगो लगाउन सक्छ’ गुरुङ्गको भनाई उद्धत गर्दै इन्जिनियर झाले भने ‘किसान श्रेष्ठको प्लटिङ्गमा के के गनुपर्छ हामीलाई थाहा छ भनेर धम्की शैलीमा भनेर फर्कनुभयो, उहाँले धम्काउदा सबैलाई क्यामरा बन्द गर् भन्नुभयो’
श्रेष्ठको निवास लामो समयदेखि सहयोगी रुपमा काम गर्दै आएकी मिरा श्रेष्ठले आकस्मिक रुपमा आएका अपरिचत समुहले धम्काएर गएका बताएकी छिन् । ‘भदौ २४ गते घर मात्रै जल्यो अव किसान श्रेष्ठलाई जलाउछौ भन्नु भयो, अव हामी पनि कति बेला के हुन्छ भनेर डरले यहाँ बस्न नसक्ने अवस्थामा छौ’ सहयोगी श्रेष्ठले भनिन् ‘कतिबेला के हुने हो डर लागिरहेको छ’
कानुनी वा व्यवहारिक रुपमा व्यक्तीको निजी घर सम्पतिको अनुगमन गर्नुपूर्व सम्वन्धित घरधनि वा स्थानिय प्रशासनलाई जानकारी गराउनुपर्ने अथवा अनुमती लिनुपर्ने व्यवस्था छ । तर गुरुङ्गले बिना सूचना स्थानिय प्रशासनलाई समेत जानकारी नै नदिई पूर्व मन्त्रीको घर र उनको व्यवसायिक क्षेत्रको अनुगमन गरेका थिए ।
पूर्वमन्त्री श्रेष्ठका स्वकीय बिकास साह कानुनले बिना जानकारी कसैको घर, निजी सम्पति आउनु गलत भएको बताएका छन् । ‘उहाँ प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जाँचबुझ आयोग, स्थानीय प्रशासन कहाँ कुन निकायबाट खटिनुभएको हो, कसरी आउनुभयो हामीलाई जानकारी छैन’ स्वकिय सचिव साहले भने ‘घरमा कोही नभएको बेला गुण्डागर्दी शैलीमा यसरी आउन मिल्छ ?’
बाराको सिमरामा बुधवार र विहिबार भएको जेनजी आन्दोलनको क्रममा जेनजी अगुवा गुरुङ्ग शुक्रवार साँझ सिमरा आईपुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तमाङ्गले जेनजी अगुवा गुरुङ्ग बिना जानकारी पूर्वमन्त्री श्रेष्ठको निजी निवासमा जानु गलत भएको टिप्पणी गरेका छन् । ‘जेनजीहरु पूर्वमन्त्रीको घरमा जादैछन् भनेर स्थानीय प्रशासनलाई जानकारी छैन्‌’ प्रहरी उपरीक्षक तमाङ्गले भने ‘यसरी बिना जानकारी कसैको घरमा छिर्नु गुण्डागर्दी शैली हो’
 बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेनजी सुदन गुरुङ्ग पूर्व मन्त्रीको निवासमा गएको विषयमा कुनै औपचारिक  जानकारी नभएको बताएका छन् । ‘हामीलाई कुनै औपचारिक जानकारी छैन्, के भएको रहेछ बुझ्‌दैछौ’  प्रजिअ झाले बताउनु भएको छ ।   तराई सञ्चार रा.दैनिक
शेयर