प्रधानमन्त्री कार्कीले काठमाडौँ–तराई मधेश दू्रतमार्गको निरीक्षण, निर्धारित समयमै सक्ने सेनाको भनाई

तराईसंचार
193 पाठक संख्या
पठन समय 1 मिनेट

बारा । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई मधेश दू्रतमार्ग निरीक्षण गर्नु भएको छ । सडक निर्माण कार्यदल, कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उहाँले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई खोकनाको बिवाद समाधान खोज्न निर्देशन दिनु भएको छ । सडक पूर्वाधार लगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर नपुग्ने गरी स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिएर समाधान खोज्न निर्देशन दिनु भएको छ ।

कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौती लगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो । कुल ७० दशमलव दशमलब ७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल करिव ४५ प्रतिशतको हाराहारीमा पुगेको नेपाली सेनाले जनाएको छ ।

द्रुतमार्ग अन्र्तगत ८७ वटाभन्दा बढी पुल निर्माण भईरहेको छ । दु्रतमार्गमा ८२ मिटरसम्म अग्ला पुल छन् । त्यस्ता पुल समेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति विसं २०८३ चैत मसान्तमै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ । आयोजना अन्तर्गतका सात वटा सुरुङ छन ।

शेयर
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *