कलैया । बाराको कलैया उपमहानगरपालिका–१४ स्थित लक्ष्मिनिया चोकमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रिय सदस्य मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–१४ निवासी ३३ वर्षीय सुजित पाण्डेको मृत्यु भएको छ ।
बुधबार राति करिब १० बजे बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पाण्डे गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको र थप उपचार आबश्यक देखिएपछि बयोधा अस्पताल, वीरगञ्ज पठाइएकोमा चिकित्सकले राति करिब ११ बजे मृत घोषणा गरेका हुन । मृतक पाण्डेको शव अस्पतालमै राखिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।











