६८औं वार्षिकोत्सवमा श्री नेरामावि सिमराकाे भव्य समारोह

तराईसंचार
468 पाठक संख्या

लक्ष्मी खरेल
बारा ।  श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा बाराले स्थापनाकाे ६८ औं वार्षिकोत्सवकाे अवसरमा विविध कार्यक्रम गरेकाे छ । स्थापनाकाे ६८ वर्षमा बुधबार पहिलोपटक विद्यालयले भव्य समाराेहका बिच गीत, नृत्य, नाटक प्रस्तुत, स्मारिका विमाेचन, सम्मान लगायतका कार्यक्रम गरेकाे हाे ।

व्यवस्थापन समिति अध्यक्ष कृष्णकुमार अधिकारीकाे अध्यक्षता एवम् सूर्य नेपाल प्रा.लिका व्यवस्थापक सुरेश काजी श्रेष्ठकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।


बाराको जीतपुरसिमरा वडा नं २ मा रहेकाे विद्यालयकले हालसम्मको प्रगति समेटेकाे स्मारिका समेत विमोचन गरेकाे छ ।

विद्यार्थीहरुले कविता वाचन, विभिन्न साँस्कृति झल्कने गीत तथा नृत्य पस्केकाे कार्यक्रममा लागू औषध विरुद्धको जनचेतनामूलक लघु नाटक समेत प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रम सुरु गर्नुपूर्व थरीथरीका भेषभुषामा सजिएका विद्यार्थी र शिक्षकहरुले प्रभातफेरी मार्फत सिमारा बजार परिक्रमा गरेका थिए । दुईदिने कार्यक्रमकाे याेजनानुसार वार्षिकोत्सव उद्घाटनकाे समारोहमा उत्साहित विद्यार्थीहरुले अतिथिहरुकाे स्वागत गरेका थिए ।

कार्यक्रममा विद्यालयले आयाेजना गरेकाे विभिन्न खेलका विजेता छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रधानाध्यापक शंकरकुमार आचार्यले विद्यालयको सुरुवाती चरणदेखि हाल सम्मकाे उपलब्धि, शैक्षिक गतिविधि, विद्यालयकाे चुनाैती र अवसरबारे जानकारी गराएका थिए । उनले दाता तथा सहयोगीहरुलाई आभार समेत व्यक्त गरे ।

  

विद्यार्थीका तर्फबाट कक्षा ९ का छात्र पंकजकुमार सहनीकाे स्वागत मन्तव्य तथा शिक्षिका सीता अधिकारीकाे सहजिकरणमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्यव इकाइ बाराका प्रमुख अशोक रौनियार, जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, छिमेकी विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका सदस्यहरु, सञ्चारकर्मी, शिक्षक, अभिवावक, विद्यार्थी लगायतकोे उल्लेख्य उपस्थिति रहेको थियो ।

शेयर