बारा । मधेश आन्दोलनका कमाण्डर बारा परवानीपुर पिनीमाल निवासी जितेन्द्र सोनल मुख्यमन्त्री बन्नु भएको छ । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा जितेन्द्र प्रसाद सोनार(सोनल) नियुक्त भएपछि गाँउमा खुशीयाली छाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेता ५५ वर्षीय सोनल मधेशको राजनीतिक आन्दोलनको विरासत बोकेका एक अनुभवी र प्रभावशाली व्यक्तित्व मात्र हैन मधेश प्रदेशमा भएको मधेश आन्दोलनका कमाण्डर समेत हुन ।

मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) हुँदै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सम्मको यात्रा तय गरेका सोनल हाल उनी महन्थ ठाकुरको नेतृत्वमा रहेको लोसपाको केन्दिीय उपाध्यक्ष, मधेश प्रदेश कमिटीको अध्यक्ष तथा प्रदेशसभामा संसदीय दलको नेता छन् ।
सोनल मधेश प्रदेशको प्रदेशसभामा दुई पटक निर्वाचित सांसद हुन् । उनले मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेशको पहिलो सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रीको महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । यो अनुभवले उनलाई प्रदेशको प्रशासनिक र विकास निर्माणको गहिरो बुझाइ भएको नेताका रूपमा स्थापित गरेको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, मधेशमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै संघीयतालाई संस्थागत गर्ने र विकासका आयामहरूलाई बढाउने भिजनका साथ अघि बढेका सोनल निर्वाचनका समयमै मुख्यमन्त्रीकोरुपमा आफुलाई चिनाउदै मत मागेको स्थानीयले बताएका छन ।
नवनियुक्त मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलकी आमा सुदामा देवीले खुशीयालीमा ढोल बजाएर नहिड्ने बताउनु भएको छ । उहाँले बच्चादेखिनै राजनितीमा लागेर छोराले दुःख गरेको उहाँको भनाई छ ।
गाउमा खुशीयालीमा, छोरा मुख्यमन्त्री बन्छ भन्ने सोचेका थिएनौ –बाबुआमा
बाराको परवानीपुर गाँउपालिका निवासी मुख्यमन्त्री सोनलकी आमा सुदामा देवीले छोरा मुख्यमन्त्री भएपनि खुशीयालीमा ढोल बजाएर हिड्ने भन्दा हामी साधारण मानिस भएको उहाँले बताउनु भएको छ । जतिनै बालबच्चा माथि गएपनि साधारण बस्नु पर्छ । बच्चैदेखि सबै काम राम्रो गर्ने छ छोरा मध्ये जेठो छोरो जितेन्द्र सोनलको बानी भएको उहाँले बताउनु भएको छ ।

निर्वाचनकै समयमा मधेस प्रदेशको मुख्यमन्त्री बन्ने लक्ष्य सहित दोश्रो पटक प्रदेश सभासदमा उम्मेदवार भई बिजयी भएका लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका मधेश प्रदेश संसदीय दलका नेता जितेन्द्र प्रसाद सोनार (सोनल) मुख्यमन्त्री नियुक्त भएपछि उनको घर समाजमा खुशीयाली छाएको छ ।
मुख्यमन्त्री सोनलका छिमेकी समेत रहेका स्थानीय अफताब आलमले खुशीको कुरा भएको बताउदै सोनल परिवारनै राम्रो रहेको बताए ।
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्र्टीनेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी सहित पाँच राजनीतिक दलका ५६ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बनेका सोनलका बुबा लक्ष्मी साह सोनलले छोरा मन्त्री बन्छ भन्ने सपना नदेखेको उहाँले बताउनु भएको छ ।

सबिधान सभा सदस्य समेत रहेका सोनल संघ सरकारको मन्त्री, प्रदेश सरकारमा पूर्वाधार विकास मन्त्री समेत भई सकेका छन ।
मधेस आन्दोलन समयमा अग्रपंक्तिमा रहेर काम गरेका नेता हुन । गएको निर्वाचनमा उनी बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्यमा १२ हजार १८१ मत प्राप्त गरी बिजयी भएका थिए । पहिलो प्रदेश सभामा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
सादगी र स्पष्ट आफना कुरा राख्ने नेता सोनलले मुख्यमन्त्री भएपछि सानो मन्त्रीमण्डल गठन गरी प्रदेशको सुशासनको पक्षमा काम गर्ने बताउनु भएको छ । उहाले समर्थन गर्ने छ दल र सभामुख लगायत सबैलाई धन्यवाद समेत दिनु भएको छ ।












