नेपाली काग्रेस निजगढ नगर सभापतिमा ज्ञान बहादुर गोले सर्वसम्मत निर्वाचित, दिए एकताको सन्देश

तराईसंचार
89 पाठक संख्या
निजगढ । नेपाली काग्रेस निजगढको सभापतीमा ज्ञान बहादुर गोले सर्वसहमतिले निर्वाचित भएको छन । सहमतिमा अर्का सभापति पदका उम्मेदवार सुर्य घलानले उम्मेदवारी फिर्ता लिएपछि गोले निर्वाचित भएका हुन । त्यसैगरी उपसभापतिमा वुद्धिमान शाही र रुपा घलान सर्वसहमतिले निर्वाचित भएको छन । उपसभापतिका अन्य दुई चुडा बहादुर आचार्य र सोपिला स्याङतानले उम्मेदवारी फिर्ता लिएपछि शाही र घलान निर्वाचित भएका हुन ।
सचिबमा स्वर्ण लामा र सहसचिवमा चुडा बहादुर आचार्य मिलन सर्वसहमतिले निर्वाचित भएको छन । सचिबका अर्का उम्मेदवार उदयराज पाण्डे र सहसचिवका निमा लामा, मिना चौरेलले उम्मेदवारी फिर्ता लिएपछि लामा र आचार्य बिजयी भएका हुन । ३५ बर्ष मुनी युवा सदस्यमा सुजित खनाल, पुरुषोत्तम आचार्य, दलित सदस्य ईन्द्र बहादुर विश्वकर्मा सर्वसहमतिले निर्वाचित भएको छन ।  त्यसैगरी सदस्यहरुमा बाबुलाल वाहवा, राधिका खड्डा, गीता कुमारी पुलामी, रामबहादुर थापा, दिपेन्द्र कुमार जिम्बा, मुना कुमारी डासेली, रुपेश कुमार चौधरी, लुला खडका, योगमाया अधिकारी, इन्दिरा पौडेल राउत, लक्ष्मी प्रसाद तिमल्सिना, पुजा कुमारी सापकोटा, कृष्ण तामाङ, नेत्र कुमारी थापा, अरुण लामा, उदय बहादुर बस्नेत, कल्पना खरेल, दिर्घ ब लोप्चन, मनु राना मगर निर्वाचित भएका छन ।  त्यस्तै सदस्यहरुमै घनश्याम श्रेष्ठ, कमला नेपाली, हेम बहादुर स्याङ्तान, मेनुका स्याडाबो, सानुकान्छा पाख्रिन, पातलीमाया घलान सर्वसहमतिले निर्वाचित भएका हुन ।
नेपाली कांग्रेस निजगढमा लामो समयदेखि देखिँदै आएको गुटगत राजनीति अन्त्य गरी एकताको सन्देश दिएका छन । केन्द्रिय सदस्य शम्भु बुढाथोकी र पुर्व नगरप्रमुख सुरेश खनालले नेतृत्व गरेका दुई पक्षबीच सहमति र सहकार्य भएपछि निजगढका १३ वटै वडा  र अहिले निजगढ नगर अधिवेशन समेत सर्वसम्मत रूपमा सम्पन्न भएको हो । विगतमा गुटगत विवादका कारण वडा तहमा समेत निर्वाचन गर्नुपर्ने अवस्था आउने गरेको भए पनि यस पटक भने कुनै पनि वडामा विवाद वा निर्वाचनको अवस्था नआएको नेपाली कांग्रेसका निर्वाचित वडा सभापतिहरुले बताएका छन । दुई नेताबीच भएको एकताले वडा तहदेखि नै कांग्रेस कार्यकर्तामा उत्साह थपिएको छ । आगामी स्थानीय तहको निर्वाचनमा समेत यसको सकारात्मक प्रभाव पर्ने उनीहरुको भनाई छ । उनले विगतमा गुटगत विभाजनका कारण स्थानीय तहको निर्वाचनमा समेत पार्टीले क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अहिलेको सहकार्यले कुनै एक पक्ष मात्र नभई समग्र निजगढ कांग्रेसलाई नै बलियो बनाएको बताउनु भएको छ ।
एकले अर्कालाई कमजोर बनाउनेभन्दा सहकार्य गरेर अघि बढ्दा पार्टीलाई नै फाइदा पुग्ने भएकाले पछिल्ला सबै गतिविधि आपसी सल्लाह र सहमतिमै भइरहेको छ । दुई प्रभावशाली नेताबीचको सहमतिपछि वडा र नगर अधिवेशनमा देखिएको सर्वसम्मतिले निजगढ काग्रेसीजनमा उत्साह थपेको कार्यकर्ताहरुले बताएका छन । यो एकताले स्थानीय तहको निर्वाचनका लागि समेत निजगढ कांग्रेसभित्र नयाँ राजनीतिक वातावरण निर्माण भएको काग्रेस कार्यकर्ताहरुले बताएका छन ।
शेयर