बारा । कार्यबाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले सम्पुर्ण नागरिकलाई आधिकारिक स्रोतमा मात्र विश्वास गर्न आग्रह गर्नु भएको छ । सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन र रेडियो नेपालले आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यबाहक निर्वाचन आयुक्त भण्डारीले सो कुरा बताउनु भएको हो ।
सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयुक्त भण्डारीले डिजिटल माध्यममले अबसरसगै चुनौति पनि बढेको बताउनु भएको छ । उहाँले अहिले सामाजिक सञ्जाल डिजिटल माध्यम र एआईको माध्यमले भ्रम सृर्जना गर्ने माध्यम समेत बनेको उहाँको भनाई रहेको छ ।
उहाँले निर्वाचनको सबै तयारी भईसकेको बताउदै प्रत्यक्ष तर्फको मतपत्र छपाई र केही काम भईरहेको बताउनु भएको छ । कार्यबाहक निर्वाचन आयुक्त भण्डारीले डिजिटल माध्यम र एआईबाट बनाईएका सामाग्री धेरै गलत समेत हुने भएकोले आधिकारिक स्रोत भएमा मात्र बिश्वास गर्न उहाँको आग्रह छ । उहाँले सबै प्रकारका सकारात्मक र रचनात्मक सहयोगको निर्वाचन आयोगले अपेक्षा गरेको उहाँले बताउनु भएको छ । कार्यक्रममा निर्वाचन आयोगका सचिब कृष्णबहादुर राउत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिब लक्ष्मी कुमारी बस्नेत लगायतले शुभकामना दिदै निर्वाचन सफल पार्न सबैको महत्वपुर्ण सहयोग हुनु पर्ने बताउनु भएको छ ।
उद्धघाटन कार्यक्रम पछि निर्वाचन आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले निर्वाचन आचारसंहिताका बारेमा रेडियो नेपाल र नेपाल टेलिभिजनका संबाददाताहरुलाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा डा भूमी चापागाई, सञ्चालक समिति सदस्य, पिएसबी, अनिता गुरुङ, सञ्चालक समिति सदस्य, पिएसबी, डा जनार्दन विष्ट उपनिर्देशक, रेडियो नेपाल, प्रमोद दाहाल उपनिर्देशक रेडियो नेपाल, डा राजेन्द्रराज तिमिल्सिना प्रमुख समाचार सम्पादक एनटिभी, गजुरधन राई प्रमुख समाचार सम्पादक एनटिभी, बसन्त रुपाखेती इटहरी प्रमुख एनटिभी , निराजन खनाल, कोहलपुर प्रमुख एनटिभी, देवेन्द्र सुबेदी, एनटिभी वल्र्ड र पवन प्याकुरेल, निर्देशक, समाचार लगायतको सहभागिता रहेको छ ।
आधिकारिक स्रोतको मात्र विश्वास गर्न कार्यबाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीको आग्रह
Leave a Comment





